नाडीमा OM MANEPEME लेखेर ट्याटु खोपेको मृतक परेको पुरूषको अझै सनाखत हुन नसकेन

पथरी शनिश्चरे,


मोरङको पथरीशनिश्चरे-२ को सुन्दर सामुदायिक वन भित्र रहेको गुह्रे खोलामा मृत अबस्थामा फेला परेको एक जना पुरुषको अझैसम्म सनाखत हुन सकेको छैन।
मंगलबार दिउँसो १२:५० बजेतिर सडेको अवस्थामा भेटिएको शवका आफन्त वा परिवार सम्पर्क नआएको भन्दै हाल सम्म पनि मृतक पुरूषको परिचय नखुलेको जनाएको हो।
ईलाका प्रहरी कार्यालय पथरीस्थित कार्यालयबाट अस्ति मंगलबार प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त खोलामा घोप्टो परेको अवस्थामा शव भेटेको थियो। उक्त खोलामा घाँस दाउरा गर्ने स्थानियले मृत अबस्थामा फेला परेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि प्रहरीले मृतकको लास जाँच मुचुल्का समेत गरी मृतक लाशलाई पोष्टमार्टमको लागी बि.पि.कोईराला बिज्ञान प्रतिष्ठान धरान घोपामा पठाएको छ ।
अन्दाजी ३०/३५ वर्षको ५फिट७ ईंन्च उचाई , कपडा कालो रङको बक्स पाईन्ट, खैरो रङको भेष्ट, दायाँ हातको नाडीमा OM MANEPEME लेखेर ट्याटु खोपेको मृतकको शव हालसम्म धरानको विपी मेमोरियल अस्पतालको शवगृहमा राखिएको ईलाका प्रहरी कार्यालय पथरीका ईन्सपेक्टर ब्रमदेव शाहले बताउनुभयो ।
२ दिन बिती सक्दा पनि निज मृतकको सनाखत हुन नसकेको जनाउँदै ईलाका प्रहरी कार्यालय पथरीले निज मृतकको आफन्तहरुलाई खोज तलास गरी फेला परेमा जानकारी सहित सम्पर्क राख्न समेत सार्वजनिक रूपमै अनुरोध गरेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment