झापामा चामलको बोराभित्र ब्राउनसुगर, दूधेमा दुई जना पक्राउ


झापा । चामलको बोराभित्र लुकाएर काठमाडौं पठाउन लागेको लागूऔषध ब्राउन सुगरसहित दुई युवा दूधेमा पक्राउ परेका छन् । सोमबार साँझ ५ः१० बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नं ११ दूधेस्थित साकिरा यातायातको काउन्टरमा प्र १-०१-०१३ प ६५८१ नम्बरको स्कुटीमा काठमाण्डौ पठाउन भनी चामलको बोरा बोकी आएका वडा नं १ बस्ने अन्दाजी २९ वर्षीय साजन राई र सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीय सुन्दर लावती पक्राउ परेका हुन् ।

 उनीहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उक्त चामलको बोराभित्र लुकाई छिपाई पठाउन लागेको ९ ग्राम ७७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । 
स्कुटीसहित दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । त्यसैगरी साँझ ६ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं ६ स्थित पुरानो मेची पुलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका वडा नं ६ बस्ने २० वर्षीय सुजन बिश्वकर्मा ब्राउन सुगरसहित पक्राउ परेका छन् । 
उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई पनि नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको डीएसपी रिजालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment