विश्व क्रिकेटका रेकर्ड तोड्दै नेपालः विश्वकै सवै भन्दा कम बलमा कुशल मल्लको शतक र दिपेन्द्रको अर्धशतक


इलाम, १० असोजः नेपालले मंगोलीयालाई ३१५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ३१४ रन बनाउँदा विश्व क्रिकेटका धेरै रेकर्डहरु टुटेका छन् । विश्व क्रिकेटमा पहिलो पटक कुनै पनि टीमले विरोधी टीमलाई ३०० भन्दा माथिको लक्ष्य प्रस्तुत गरेको पहिलो पटक हो । 
त्यस्तै  नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक र अर्का अलराउण्डर दिपेन्द्र सिंह एरीले कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् ।
चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत कुशल मल्लले मंगोलिया विरुद्ध अहिले भइरहेको खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन् । उनले साउथ अफ्रिकाका डेभिड मिलर र भारतका रोहीत शर्माको नाममा रहेको ३५ वलमा लगाएको सतकको रेकर्ड तोडेका हुन । 
त्यसरीनै दिपेन्द्र सिंह एरीले पनि भारतका युवराज सिंहको नामामा रहेको १२ वलको रेकर्ड तोड्दै ९ बलमा अर्धसतक पुरा गरेका हुन । 
खेलमा कुशल मल्लले ५० बलको सामाना गर्दै १३७ रन बनाए उनले १२ छक्का र ८ चौका प्राहार गरेका थिए । कप्तान रोहित पौडेलले ६ छक्का र २ चौकाको मद्दतमा २६ बलमा ६१ रन बनाए । दिपेन्द्र सिंह एरीले १० बलको सामना गर्दै ५२ रन बनाए उनेले ८ छक्का प्राहार गरे । 
नेपालका लागि टी२०आईमा व्यक्तिगत उच्च रन बनाउने कीर्तिमान पनि कुशल मल्लले बनाएका छन् । यसअघिको व्यक्तिगत उच्च स्कोर दीपेन्द्र सिंहले बनाएका थिए । उनले नटआउट ११० रन बनाएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment