इलाम, ७ असोजः इलामको माई नगरपालिकाबाट लागु ओषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका ४ वस्ते चिरञ्जिवी बस्नेत रहेका छन् ।
इलाम माई नगरपालिका४ लखनचौक प्रहरी चौकी दानाबरीबाट प्रहरी नायव निरिक्षक बलदेव सुवेदीको कमाण्डमा खटिएको गस्ति टोलिले लखनचौकमा संकास्पद रुपले हिड्दै आईरहेको बस्तेतलाई रोकी चेकजाँच गर्दा निजको साथबाट लागु औषध (खैरो हेरोईन) जस्तो देखिने पदार्थ ४.०८०मिलिग्रामफेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई थप अनुसन्धाको लागी जिल्ला प्रहरी कार्यालय इलाम ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रकाश जवेगुले जानकारी दिए ।
0 comments:
Post a Comment