झापाको हल्दिबारीमा ९ वर्षीया बालिका बलात्कृत, एक पक्राउ

२०८० कार्तिक १६ गते , विहीबार


हल्दिबारी । झापाको हल्दिबारीमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–४ वडावारी तामाङ बस्तीका बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ । 

ती बालिकालाई सोमबार राति घरमा कोही नभएको मौका छोपी श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment