मोटरसाइकलको हेण्डिल प्वाल पारेर ब्राउनसुगर ल्याउने इलाम चुलाचुलीका दुई जना पक्राउ

१७ कार्तिक २०८०, शुक्रबार 


झापा । लागू औषध कारोबारी तथा प्रयोगकर्ताले विभिन्न तरिका अप्नाएर भारतबाट नेपाल तर्फ लागूऔषध भित्र्यिाउने गरेको पाइएको छ । यसैक्रममा प्रहरीले मोटरसाइकलको हेण्डिलमा प्वाल पारेर लागूऔषध ब्राउन सुगर ल्याउने दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इलाम चुलाचुली गाउँपालिका–५ का ३२ वर्षीय भूपाल तामाङ र सोही ठाउँका २१ वर्षीय सिजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनीहरूलाई मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट सात ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटंकी बजारबाट नेपालतर्फ आउँदै गरेको को १४ प ४७६१ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा मोटरसाइकलको हेण्डिलको बायाँ साइडको प्वालमा कालो रङ्गको प्लास्टिकभित्र राखिएको ब्राउन सुगर फेला परेको थियो ।

यता पक्राउ परेका मोटरसाइकल चालक भूपाल र पछाडि सवार सिजनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । लागूऔषध नियन्त्रणका लागि प्रहरीले विभिन्न सचेतना मुलक कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment