झापामा छोराले गरे धारिलो हतियार प्रहार गरी बुबाको हत्या

२०८० मंसीर ११ गते , सोमबार


झापा । झापामा छोराले धारिलो हतियार प्रहार गरी बुबाको हत्या गरेका छन् । कमल गाउँपालिका- ४ निवासी अन्दाजी ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा अन्दाजी २३ वर्षीय आशिष् तामाङले कराई र दाउले टाउको र दाहिने खुट्टामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
हत्याको कारण नखुलेपनि घरायसी विवादपछि घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ । बुबाको हत्यापछि फरार रहेका आशिषलाई प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले कमल ४ दूध डेरी भन्ने स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइसकेको प्रहरीले जनाएको छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment