भद्रपुरका भुजेल ब्राउन सुगरसहित भारतमा पक्राउ

२०८० मंसीर ११ गते , सोमबार

भारतीय एसएसबीले भद्रपुर-गलगलिया सीमा नाकाबाट लागूऔषध ब्राउन सुगरसहित भद्रपुरका एक युवकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भद्रपुर- ६ भानुचौकका २५ वर्षीय अभिषेक भुजेल रहेका छन् ।
भारतीय सीमा सुरक्षा बल एसएसबी भादगाउँ ई कम्पनीबाट खटिएका टोलीले बा ६१ प  ७९६२ स्कुटरमा सवार भुजेलमाथि शङ्का लागि चेकजाँच गर्दा २९.५ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
भुजेल भारतबाट नेपाल आइरहेका थिए । पक्राउ परेका उनलाई एसएसबीले गलगलिया थानामा बुझाएको छ । नियन्त्रणमा लिइएका भुजेललाई कानुनी कारबाहीका लागि न्यायिक हिरासत किसनगञ्ज पठाइएको थानाध्यक्ष राहुल कुमारले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment