इलाम । इलामको माई नगरपालिका–३ बाट दुई ग्राम ३२० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पैदल हिडिरहेका स्थानीय २५ बर्षीय सुदिपकुमार दनुवारलाई चेकजाँच गर्दा दनुवारको साथमा उक्त परिणामको लागूऔषध बरामद भएको थियो ।
लागूऔषधसहित पक्राउ परेका दनुवारको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रंदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

0 comments:
Post a Comment