बिर्तामोडबाट मोटरसाइकल चोरी गरेको आरोपमा एक पक्राउ

२०८० मंसीर १२ गते , मंगलबार


झापामा चोरी गरिएको एउटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ५ निवासी २१ वर्षीय महमद अफरोज मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका-२ घर भई हाल बिर्तामोड नगरपालिका- १ मा बस्दै आएका प्रेमकुमार श्रेष्ठको मे १० प ६१२६ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा सोमबार चोरी भएको थियो ।
मोटरसाइकल चोरी भएको सूचना पाए लगतै इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएका प्रहरी टोलीले खोजतलासमा गर्ने क्रममा मियालाई अर्जुनधारा नगरपालिका-८ स्थित शनिश्चरेबाट चोरिएको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान अघि बढाएको जनाइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment