अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ

२०८० मंसीर २४ गते , आईतबार


साउथ अफ्रिका पठाइदिने प्रलोभन देखाएर लाखौँ ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौँको गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरी रहेका छन्। उनले दुई जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका पठाइदिने भनेर १७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। 

प्रतिव्यक्ति साढे ८ लाख रुपैयाँ लाग्ने र मासिक १ लाख २० हजार कमाई हुने आश्वासन दिएर १७ लाख पाएपछि सम्पर्कविहीन भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment