२०८० मंसीर २५ गते , साेमबार
मानव अधिकार दिवसको कार्यक्रममा झापाको अर्जुनधारामा बालकको ज्यान जानेगरी तोरी बालीमा विषादी छर्कनेलाई कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ ।
थापा थरका छिमेकीले तोरी बालीमा विषादी छर्किदा सोही तोरीको फूल टिपेर खाँदा अर्जुनधारा-८ शनिश्चरे पेट्रोल पम्प पूर्वपट्टि बस्ने अब्दुल मोहम्मदका ७ वर्षीय छोरा अस्लिमको मृत्यु भएको परिवारले बताएको छ । छिमेकी थापाले तोरी बालीमा विषादी छर्केकोमा ती बालकले सोही तोरीको फूल खाएका थिए ।
शुक्रवार दिउँसो सिकिस्त भएका बालकलाई स्थानीय भट्टराई क्लिनिकमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि शङ्कर हस्पिटल लगिएको थियो । त्यहाँ पनि उपचार नभएपछि मनमोहन हस्पिटल ल्याउँदा ल्याउँदै उनको मृत्यु भएको अर्जुनधारा ८ घर भएका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।
बालकको मृत्यु भएपछि त्यसको भोलिपल्ट उनकी कान्छी आमा सैमुमा पनि सोही तोरीको फूल खाएर सिकिस्त भएकी छन् । उनलाई मनमोहन हस्पिटल लगिएकोमा त्यहाँबाट प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । तोरीको फूलमा विषादी भए नभएको जाँच गर्न उनले पनि सोही विषादी हालेको फूल खाएकी थिइन् । त्यस्तै अब्दुल मोहम्मदका दाजु बब्लु मोहम्मदका ६ वर्षीय छोरा सिद्धिकी पनि सिकिस्त भएका छन् । उनलाई शङ्कर हस्पिटलमा भर्ना गरिएको छ ।
तोरी बारीमा विषादी छर्किदा एक बालकको मृत्यु र दुईजना सिकिस्त हुँदासमेत प्रहरीले कारबाही नगरेको भन्दै ७५ औं मानव अधिकार दिवसको अवसर पारेर मानव अधिकार सञ्जाल झापाद्वारा बिर्तामोडमा आयोजित कार्यक्रमका वक्ताहरूले दोषीमाथि कारबाहीको माग गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी विश्वनाथ नेपाल , जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजाल , इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीको उपस्थिति रहेको कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष पाण्डवलाल चौधरीले त्यस घटनाका दोषीलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए । उनले विपन्न गरिब भनेर प्रहरी प्रशासनले बेवास्ता गरे आन्दोलन गर्ने चेतावनी दिए । त्यस्तै मुस्लिम समुदायका अधिकारकर्मी अफरोज खानले पनि दोषीमाथि कारबाही हुनुपर्ने बताए ।
बालकको मृत्युमा शंका लागेपछि आफूहरूले शवलाई पोस्टमार्टम गर्न लगाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी कार्कीले बताए । उनले पोस्टमार्टमको रिपोर्टबाटै मृत्युको कारण खुल्नसक्ने बताए । कार्यक्रममा सहायक प्रजिअ विश्वनाथ नेपाल , डीएसपी खगेन्द्रप्रसाद रिजाल , वरिष्ठ अधिवक्ता लीला उदासी , मानवअधिकारकर्मी विष्णु खरेल , दलित अधिकारकर्मी छविलाल विश्वकर्मालगायतले बोलेका थिए । मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रूपक खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दीपक दासले गरेका थिए । त्यसअघि प्रभात फेरि निकालिएको थियो । बिर्तामोडस्थित हनुमान सेन्टरबाट सुरु भएको प्रभात फेरि बिर्तामोड नगर परिक्रमा गरी पुनः उही ठाउँमा पुगेर समापन भएको थियो ।

0 comments:
Post a Comment