इलाम, ८ पुषः इलामबाट झापमा सञ्चालन हुने सवारी साधनमा लागुपदार्थ ओसार पसार गरिएको भनेर सामाजिक सञ्जालमा आए सँगै यसले अहिले इलाममा तरङ्ग ल्याएको छ । इलाममा सञ्चालन भएको फेसवुक पेज इलाम ग्रिनले इलामबाट सञ्चलन हुने एक यात्रुबाक सवारी साधनले लागुऔषध ओसार पसार गरेको भन्दै पोष्ट गरेर कारवाहीको माग गरेको छ । तर अहिले सम्म सम्वन्धीत निकाय भने मौन रहेको छ । यता यातायात व्यवासायि र सावारी चालकहरु भने एक जनाको गल्तीले गर्दा आफ्नो व्यावसायमा नै दाग लगाएको र यस्तो अवैधानीक काम गगर्नेहरुलाई तत्काल कारवाही गर्नु पर्ने समेत वताएका छन् । जिल्ला प्रहरी कार्यालय इलामले भने अहिले साे काे विषयमा अनुशन्धन भइरहेकाे र दाेषीलाइ कारवाही गरिने जनाएकाे छ ।
हेर्नुहोस इलाम ग्रिनमा पोष्ट भएको सामाग्री
#लागु औषध इलाम ओसार-प्रसार गर्ने सवारी साधन#
में१ज २८०६ । सावधान । यो नं को सवारी साधनमा यात्रा गर्नु भयो भने लागु औषध ओसारपसारमा फस्न सक्नुहुन्छ !!!!
इलाम सदरमुकाम लागु पदार्थको सेवन र ढुवानीको मुख्य स्थान (ट्रान्जिट) भईसकेको छ । यसमा इलाम-झापाको केही सवारी साधनहरुले (ट्यापे) हरु प्रयोग गरिरहेका छन । उदाहरणको लागि २०८०/०९/०६ गते बिर्तामोड बसपार्कबाट अपरान्ह ३ः२५ बजे छुटेको मे१ज २८०६ नं को बोलेरो चालक/सहचालक तथा उनका २ जना सहयोगी साथिहरुले खुल्लम खुल्ला प्रतिबन्धित औषधी कारोबार गरेर इलाम भित्रयाए । उनीहरुलाई माफिया भन्दा कुनै फरक पर्दैन ! हिन्दी फिल्मी शैलीमा उनीहरुले लागु औषध इलाम भित्राउदा गरेको व्यवहार इलाम ग्रीनले अडियो/भिडियो/फोटोमा रेकर्ड गरेको प्रमाण छ ।
त्यसैले प्रहरी प्रशासनलाई सो नं को सवारी साधनको चालक टिम र सवारी धनीलाई उच्च निगरानी गर्न हामी अनुरोध गर्दछौ ।
0 comments:
Post a Comment