दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी, तीन वटा घर जल्यो

२०८० पौष ८ गते , आईतबार


झापामा दिनहुँ जसो आगलागीका घटना भइरहेको छ । यसै क्रममा आज बिहान ३ बजेको समयमा दमक नगरपालिका- ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । आगलागीबाट शिविरका तीन वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रहरीका अनुसार बेलडाँगी शरणार्थी शिविर सेक्टर सी फोर , छाप्रा नम्बर ५३५ बस्ने भीमबहादुर घिमिरेको बाँसको टाटी बेरा र टिनको छानो भएको घरमा विद्युतको तार चुहावट भई आगलागी भएको थियो । आगलागीबाट तीन वटा घर, घरभित्र रहेका लत्ताकपडा, भाडा वर्तन, अन्नपात, काठपातसमेत जलेर नष्ट हुँदा अन्दाजी पाँच लाख बराबरको क्षति भएको डीएसपी रिजालले बताए ।
शिविरमा लागेको आगो दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा बिहान साढे ४ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment