बाघको आक्रमणबाट सासू-बुहारीको मृत्यु45

२०८० पौष ९ गते , सोमबार


जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा दुई महिलाको मृत्यु भएको छ। विनयीत्रिवेणी गाउँपालिका–१ मा सासूबुहारीको मृत्यु भएको छ। आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका  ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो दुई जना महिला जंगलमा घाँस काट्न गएको र राति अबेरसम्म नफर्किएको सूचनाको आधारमा खोजतलास गर्दा आइतबार राति दुई जना महिलाको शव फेला परेको हो।
कम्बरमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। स्थानीयले भने बाघको आक्रमणबाट दुवै जनाको मृत्यु भएको बताएका छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment