झापामा २५ वर्षीया महिलालाई बलात्कार गर्ने २२ वर्षीय युवक पक्राउ

२०८० मंसीर २२ गते , शुक्रबार



२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेशलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
गणेशले ती महिलालाई विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment