मेची पुलबाट ब्राउन सुगरसहित एक जना पक्राउ


२०८० मंसीर २० गते , बुधबार
झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका- ८ का ३५ वर्षीय चन्द्रबहादुर खड्का रहेका छन् ।
बुधबार दिउँसो साढे ४ बजेको समयमा मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment