प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ

 २४ मंसिर २०८०, आईतवार 


मोरङ। मोरङको बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को २० प १२६६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक इटहरी उप–महानगरपालिका–१९ का ३१ बर्षीय अनिल कार्की र पछाडी सवार इटहरी–२ का ३२ बर्षीय सुनिल मगरको साथबाट प्रतिबन्धित औषधी एभिल, डाइजोपाम, फेनारागन र लुपिजेसिक गरी ४० एम्पुल बरामद भएको थियो ।
प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment