भरुवा बन्दुकसहित एक जना महिला पक्राउ

 २४ मंसिर २०८०, आईतवार 


उदयपुर । उदयपुरको बेलका नगरपालिका–४ बाट दुई नाल भरुवा बन्दुकसहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४७ बर्षिया दुर्गा बिश्वकर्मा रहेकी छिन् ।
अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने बिशेष सुचना प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बिश्वकर्माको घर खानतासी गर्दा दुई थान भरुवा बन्दुक बरामद गरेको थियो ।
बन्दुक बरामद भएसंगै बिश्वकर्मालाई समेत पक्राउ गरिएको र घटना सबन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment