मेची पुलबाट ब्राउन सुगरसहित भद्रपुरका युवक पक्राउ

२०८० माघ १२ गते , शुक्रबार


भद्रपुर । भद्रपुर नगरपालिका-५ स्थित मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- ९ का ३३ वर्षीय नरेश राजवंशी रहेका छन् ।

बिहीबार दिउसो ११ बजे मेची पुलमा खटिएका सुरक्षाकर्मीको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका राजवंशीलाई लागुऔषध ब्राउन सुगर ७३० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment