सामुदायिक विद्यालयका अभिभावक बेलैमा सचेत हुनु जरुरी छ ।

  • जीवन शर्म

नेपाल सरकार (केन्द्रदेखी स्थानीय तहसम्म) सामुदायिक विद्यालय सक्ने धाउन्नमा छ । जसरी चिनीको चास्नी राखेर सहज मौरी मारिन्छ त्यसरी नै झट्ट राम्रो देखिने तर पछि गएर आफै जाकिने शिक्षा नीति सरकारले अगाडि सारेको छ । जसको सहज फाइदा नीजी विद्यालयलाई नै पुग्छ । अनि निजि विद्यालयलाई गाली गरे जस्तो गर्ने फेरि उसैलाई फाइदा पुग्ने काम किन सरकारले गर्छ ? सहज उत्तर छ आफ्ना श्रीमतीको नाममा रहेका निजी विद्यालयलाई फाइदा पुर्‍याउन । हो केही निजी विद्यालय निक्कै महङ्गो छन । तर त्यस बापत केही दिएका पनि छन । महङ्गो पनि किन नहोस नेता सरकार र त्यहा रहेका उपल्लो तहका कर्मठ कर्मचारीको भाग पनि त छुट्याउनु पर्छ नि । शायद टेवल मुनिबाट अथवा सिधै खातामा पैसा पनि हाल्नुपर्दो हो । नाम चलेका निजी विद्यालयहरुले नेताका र सरकारका व्यक्तिको लागि निशुल्क पढाउनु पनि पर्दो हो । महङ्गो त्यसै हुने भयो नि । 

कसरी सकिदैछन त सामुदायिक विद्यालय ? 

अहिले सरकारी विद्यालयमा बाल अधिकार र बाल मैत्रीको हौवा फैलाइएको छ । यहि कुरामा टेकेर यतिसम्म भएको छकि कक्षा १ मा पढ्ने बच्चाले शिक्षकलाई टेर्दैन । शिक्षक पनि नटेरे पछि त्यसप्रती चासै राख्दैन । सोझो भाषामा भन्नुपर्दा रिक्स नै मोल्दैन । गाली गर्नु पनि भएन पिटाइको त कुरै छोडौ ठूलो शब्दले बोल्नु पनि भएन । बालमैत्री भन्छ चुप लाग्छ । गृहकार्य नगरे पनि मतलब रहेन । कक्षामा नबसे पनि मतलब रहेन । घरबाट विद्यालय हिडेको छ पुगोस कि नपुगोस मतलब रहेन । आखिर विद्यालयले निर्देशन दिएको हुन्छ बाल बालिकालाई बिद्रोही बनाउनुपर्छ । अब कति विद्रोही बनाउने हो सिमा रहेन । मात्रै विद्यार्थी बिद्रोही बनाएर र शिक्षक थर्काएर शैक्षिक उन्नति नहोला जस्तो लाग्छ । अभिभावकले आफ्नो आनीको अनुशासन पनि खोज्छ । बिद्रोही नानीले अनुशासन त होइन अभिभावक थर्काउछ । 

अनुशासनकै कुरा गर्ने हो भने हिजोआज सामुदायिक विद्यालयमा लगभग शून्य अनुशासन हुन्छ । विद्यालयको बिहानी प्रार्थनामा विद्यार्थी कक्षामा नै खेलिरहन्छन शिक्षक लाइनमा बस्नु पर्ने अवस्था छ । ती विद्यार्थीलाई लाइनमा ल्याएर राख्न सकिँदैन । केही भन्यो भने जादिन मन छैन हेड सरले नजादा पनि हुन्छ भनेको छ भन्छ । अब शिक्षकले कसरी ल्याओस । अनुशासन पनि शिक्षाको एउटा अभिन्न अङ्ग हो भन्नू त कहाँ हो कहाँ बिद्रोही हुन सिकाए पछि उ किन टेर्छ ? कुनै भेलाहरु जस्तै नगरका कार्यक्रममा हेर्यो निजि बिद्यालयका बच्चाहरु अनुशासित र मर्यादित भएर बस्छन सामुदायिक विद्यालयका बच्चालाई मतलब नै हुदैन । अनि त्यो दिन सरकारी अधिकारी र हेड सर रिसाएर हुन्छ र ? ती बच्चा ती शिक्षक दुवै पक्षको के दोष ? जस्तो निर्देशन पाए त्यस्तै गरे शिक्षकले । अनि जस्तो शिक्षा पाए बच्चाले उस्तै गरे उनीहरुले ।

कसरी सकिन्छन सामुदायिक विद्यालय ? 

अब सामुदायिक विद्यालय सकिन अरु केही अनि चाहिदैन । नत निजी विद्यालयले नै कुनै कसरत गर्नुपर्छ । दुई वटा नारा राखेको छ सरकारले बालमैत्री र बाल अधिकार । यिनै दुई नाराले सजिलै सकिदिन्छ सामुदायिक विद्यालय । अभिभावकलाई आफ्ना नानीहरुमा अनुशासनहिनता बढ्न थालेपछी सोच्न वाध्य पार्छ । एक दुई पटक विद्यालय जान्छन । नानीहरुलाई अलिक अनुशासनमा राखिदिनुपर्‍यो भन्छन । विद्यालयको चाल त्यही हो । अभिभावक भन्दा ठूलो शिक्षा नीति हुन्छ । नीति भन्दा बाहिर स्कुल जान मान्दैन । बिद्रोही हुन सिकाएको हुन्छ अनि बच्चाले आमाबुवासङ्ग पनि त्यही अधिकार खोज्न थाल्छ । झन झन सकस बढ्दै जान्छ अनि अभिभावक गल्ती गरिएको महशुस गर्छन र आफ्ना बालबच्चा अलिक कडा अनुशासन भएको विद्यालयमा कक्षा घटाएर भर्ना गर्न वाध्य हुन्छन । त्यसो हुदा निजी विद्यालयहरु बिना झन्झट फाइदामा जान्छन । यसको मतलब बाल बालिकालाई यातना दिनुपर्छ भन्ने होइन तर विद्यार्थी अनुशासित हुनुपर्छ जुन उसैको जीवनको लागि अपरिहार्य छ ।पछि उसले जीवनको एउटा मोडमा पुग्दा सम्झिन्छ हामीलाई फितलो छोडेर खत्तम पारिएछ भन्छ । अनि त्यो दिन उसलाई पश्चताप हुन्छ । उ बेलाको अधिकार आज धिक्कार भयो भन्छ । सरकारलाई सराप्छ हेड सर सराप्छ अनि आफुले आफैलाई सराप्छ । 

अभिभावक कै हातमा छ सामुदायिक विद्यालय

सामुदायिक विद्यालय जोगाउने जिम्मा अब अभिभावक कै हातमा छ । सरकारले भरेका दुईवटा चिनीका चास्नीको भाडामा आफ्ना नानीलाई डुब्न दिने कि चिनीका चास्नीका भाडा हुत्याइ दिने । आफै निर्णय गर्ने दायित्व थपिएको छ । प्रधानाध्यापकले पनि समुदायमा हुने पिपलपाते कुराको मनोभावनामा डुबुल्की मारेर प्रार्थना सभा अगाडि उभिएर आफ्नै विद्यालय ध्वस्त हुने निर्देशन दिनुभन्दा सामुहिक छलफल गरेर निर्देशन दिनु राम्रो होला । नत्र यहि अधिकार र मैत्रीको सुत्र प्रयोग गरेर सरकार सामुदायिक विद्यालय ध्वस्त पार्न लागिपरेको छ । सानातिना कुराहरुको कम्प्लेन नगर्ने या नसुन्ने हो भने अझै पनि आशा मरिसकेको छैन । तर यसैको पछि दौडने हो भने देशभरको त म जान्दिन हाम्रै नगरपालिकाका कति सामुदायिक विद्यालय बन्द हुन्छन अनि ठूलो सङ्ख्या भएको सामुदायिक विद्यालय भनेर नाक ठड्याउने दिन पनि सकिन्छन । बरु निजि विद्यालयले कक्षा कोठा थप्दै गर्दा हुन्छ ।

सत्य तितो नै हुन्छ एक दिन यहि क्रम रहेमा सरकारी विद्यालयका भवनहरु भुत बङ्गला बन्नेछन र तिनीहरूलाई रुङ्ने तिनै सरकारी विद्यालयका शिक्षकका छोराछोरी मात्रै हुनेछन । अनि त्यतिबेला तिनै बालबालिकाले आफ्ना बाबुआमालाई अपराधी घोषित गर्ने छन र ठूलो स्वरमा सोध्नेछन - हाम्रो चाहिँ बाल अधिकार खोइ ? साच्चै मन रुन्छ त्यो दिन । सरकार कर्मचारी र शिक्षकको कोखमा जन्म लिनुपरेकोमा पश्चताप गर्छ उसले । आफू सरकारी तलवदारीको सन्तान भएकोले त्यही पढ्नु परेको वाध्यता बुझ्छ । सङ्गैका साथीहरुको उन्नतिले उसलाई झस्काउछ । अनि त्यही दिनदेखी उसको बच्चाले आफ्नै बाबुआमासङ्ग बिद्रोह शुरु गर्ने छ । जुन बिद्रोह यस्तो डरलाग्दो हुनेछ जसले आफ्नो बाबुआमाको अनुहार हेर्न र नाम स्मरण गर्न समेत मान्दैन । यता सरकार र उसको शैक्षिक संस्थाको लापरबाही र अरुलाई फाइदा पुर्‍याउने सरकारी शिक्षा नितिका कारण खाडीमा पुगेको आजको बच्चाले ५५ डिग्रीको घाममा तालु सुकाउदै भन्नेछ अपराधी सरकार । अपराधी हेड सर अपराधी आमाबुवा अपराधी स्थानीय सरकार । त्यसैले सामुदायिक विद्यालयमा आजैका दिनदेखी अनुशासनलाई पनि शिक्षा अध्ययनको एक पक्ष हो भन्ने ठानेर अध्यापनमा जाने हो भने अझै चाहीसम्म बिक्रे पनि बनाउन सक्ने ठाउँ छ । ज्ञातब्य रहोस खाजा फ्री भन्ने सरकारी नारा कै भरमा अब सामुदायिक विद्यालय उभो लाग्दैनन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment