६ माघ २०८०, शनिबार
झापा । झापामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका११ स्थित दुधे निवासी ५९ वर्षीय गङ्गाराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।
शनिबार बिहान साढे ८ बजेको समयमा घर नजिकैको सामुदायिक वनमा गएका राई रुख चढेर सुकेको दाउरा झार्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि दमक आम्दा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए ।
घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिले अनुसन्धान गरिरहेको छ ।
0 comments:
Post a Comment