१६ पुष २०८०, सोमबार
सुन्दरहरैचा, मोरङको सुन्दरहरैँचामा गोली हानेर मारेको अवस्थामा जंगली हात्ती मृत फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र सोमबार बिहान हात्ती मृत फेला परेको सब डिभिजन वन कार्यालय सलकपुरका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले जनाएका हुन्।
उनका अनुसार मृत फेला परेको हात्तीको पुच्छर गायब छ । घटनाको प्रकृति हेर्दा गोली हानेर मारेपछि हात्तीको पुच्छर काटेर लगेजस्तो देखिने माझीले बताए । माझी नेतृत्वको वन कर्मचारीको टोली र प्रहरी अहिले घटनास्थलमा छ । हात्ती मृत फेला परेको जानकारी स्थानीयले बिहान ८ः५० बजेतिर गराएका थिए । त्यसलगत्तै वन कर्मचारी र प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ । थप अनुसन्धानका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थलतर्फ आँउदै गरेको जानकारी माझीले दिए ।
हात्तीको देब्रेतर्फको खुट्टाभन्दा माथि र घाँटीनजिक गोलीले छेडेको प्वाल देखिन्छ । भाले हात्ती लगभग १२ देखि १५ वर्षसम्मको हुनसक्ने उनले बताए । बिहान ४ः३० बजेतिर घटनास्थल आसपासमा बन्दुक पड्किएको आवाज सुनेको जानकारी स्थानीयले दिएका छन् ।
घटनास्थल नजिकै सामुदायिक वनको नर्सरी छ । नर्सरीभित्र रहेका बेला हात्तीमाथि गोली प्रहार गरिएको आशंका छ । गोली लागेपछि घस्रिदैं र रन्थनिदै तालजाली भत्काएर नर्सरीबाट निस्किएको हात्ती बाटोमा आइपुगेपछि ढलेको पाइएको माझीले बताए । उनका अनुसार नर्सरी र हात्ती ढलेको ठाउँ लगभग सय मिटरजति टाढा छ ।
स्थानीयले दिएको जानकारी र घटनाको प्रकृति हेर्दा गोली हानेरै हात्तीलाई मारिएको प्रष्ट हुने माझीले बताए । चोरी सिकारीमा संलग्नले हात्ती मारेको आशंका रहेको उनको भनाइ छ । प्रहरी र वनको टोलीले घटनामा संलग्नको खोजी सुरु गरेको जानकारी माझीले दिए ।
कोसी टप्पु वन्यजन्तु आरक्षबाट वन्यजन्तु विज्ञको टोली आइपुगेपछि पोस्टमार्टम गरेर हात्तीको दासंस्कार गरिने र थप अनुसन्धान अघि बढाइने माझीले बताए । उनका अनुसार घटनास्थल रगताम्य छ । गोली लागेपछि हात्तीले रगत बान्ता गरेजस्तो देखिने उनको भनाइ छ । उनका अनुसार वनको नर्सरीदेखि हात्ती मृत भेटिएको स्थानसम्म रगतै-रगत छ ।
भारतबाट नेपाल प्रवेश गरेका जंगली हात्तीको बथानले कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा उधुम मच्चाइरहेको छ । सबैभन्दा धेरै झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरिरहेको हो । हात्तीको आक्रमणबाट साउनयता झापामा ५, मोरङ र सुनसरीमा १/१ गरेर कूल ७ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिन्छ । उक्त हुलमा २७ वटाभन्दा बढी हात्ती रहेको बताइएको छ । हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्याउने गरिरहेको हो । कोशीका तराईका जिल्लामा गत मंसिर पहिलो साताबाट जंगली हात्तीको समस्या बढेर गएको छ ।

0 comments:
Post a Comment