इलामको सन्दकपुरमा रेडपान्डा मृत फेला

सोमबार, पौस १६ २०८०


इलाम । इलामको सन्दकपुर गाउँपालिका–५ जौबारीमा रेडपान्डा मृत फेला परेको छ । गैरीबास रोड छेउ बृक्षारोपण क्षेत्रको फेन्सिङ तारबारको छेउमा अन्दाजी डेढ बर्षको पोथी रेडपान्डा मृत फेला परेको हो ।
मृत अवस्थामा फेला परेकोको रेडपान्डालाई सन्दकपुर गाउँपालिका पशु सेवा शाखा, सन्दकपुर सव डिभिजन देउराली, चोयाटार सामुदायिक बन उपभोक्ता समिती, हिले र जौबारी प्रहरी चौकिको रोहवरमा शव परिक्षणको लागि भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र इलाम पठाइएको पशु शाखा प्रमुख सविन भट्टराईले जानकारी दिए ।
खुल्ला सिमानाका कारण रेडपान्डाको तस्करी हुँदै आएको छ । इलाम, पाँचथर र ताप्लेजुङका लेकाली भेगमा पाइने रेडपान्डा संरक्षणका लागि रेडपान्डा नेटवर्क, उच्च पहाडी संस्था, डिभिजन वन कार्यालय, सामुदायिक वन लगायतले प्रयास गरिरहेका छन् ।
तर, बेला–बेला यिनै क्षेत्रमा मृत रेडपान्डा फेला पर्ने, कहिले वनमै पासो थापिएको पाइने गरेकाले रेडपान्डा संरक्षण अझै चुनौतीपूर्ण नै छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment