इलाम, २७ पुसः इलाममा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । जिल्लाको माईजोगमाई गाउँपालिका-३ स्थित गुप्तीमा ढुङ्गाको ओढारमा बिहीबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
गुप्तीस्थित मुख्य सडकदेखि करिब १ किलोमिटर मुनी ढुङ्गाको ओढारमा बेवारिसे अवस्थामा नवजात शिशु स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
ओढारमा भेटिएको नवजात शिशु जिउँदै रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।
नवजात शिशु बालक रहेको उनले बताए । नवजात शिशु कसले फालेको भन्ने बारेमा जानकारी नभएकाले शिशु फाल्ने महिलाको खोजी भईरहेको जबेगूले बताए ।
0 comments:
Post a Comment