जिर्मले लिगको तेश्रो हप्ता सकियो

  • गोबिन्द पोडेल

रोङ, १९ पुषः फुटबल खेलको विकासको लागि खेलाउन थालिएको जिर्मले फुटबल लिगले तेश्रोहप्ता पार गरेको छ ।
हरेक शुक्रबार र शनिवारवडाको चारवटा बिभिन्न खेल मैदानमा दुई दुई खेल लगातार नौ हप्तासम्म छत्तिस पटक हुने भएको छ भने हरेक खेलमा उत्कृस्ट खेलाडिलाई वडा भित्रका कर्मचारि,शिक्षकहरुले नगद पुरस्कार प्रदान गर्ने गरेको वडा सचिव  खगेन्द्र खतिवडाले बताए ।
वडाको लामिटार,कुवापानी,सलकपुर र रम्भ्याङको खेलमैदानमा आलोपालो गरि खेलाईने जिर्मले लिग हालसम्म रम्भ्याङ बाहेकको खेल मैदानमा खेलाईएको छ भने रम्भ्याङको खेलमैदानको सामान्य मरमत पछि खेल हुने छ ।
फुटबल खेल विकासको लागि वडाले चालु बर्षमा एकलाख पचास हजार रकम बिनियोजन गरिएपनि खेल सम्पन्न गर्न रकम अपुग हुने निश्चित देखिएको छ जसको लागि सहयोगिहरुवाट सामान्य सहयोग हुन पनि थालेको खतिवडाले बताए ।वडाको खेल विकासको लागि वडा स्तरमा   स्थानिय सरकारले पहल गरेको पहिलो अभ्यास नमुनाकारी नै रहेको खेल बिश्लेसकहरुले गरेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment