इलाममा सहारा नेपाल साकोसद्वारा युवा सदस्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम


इलाम, १९ पुुषः  सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र  इलामले  आफनो सेवाकेन्द्र मातहतमा सञ्चालित इलाम नगरपालिका १२ साङ्गरुम्बामा संस्थाको युवा सदस्यता संस्थागत विभिन्न गतिविधि,सेवासुविधा सम्बन्धि उक्त स्थानमा रहेका सदस्य तथा अन्य अभिभावकहरु माझ अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 
सहारा नेपाल साकोस सेवाकेन्द्र इलाम अन्तर्गत आबद्ध संस्थाका शेयर सदस्य स्थानीय निरानन्द चम्लागाईको अध्यक्षता एवम् इलाम नगरपालिका वडा नं. १२ का जनप्रतिनिधि वडा सदस्य नेत्र प्रसाद घिमिरको प्रमुख आतिथ्यतामा कार्याक्रम भएको थियो । कार्यक्रममा स्थानिय नियमित सदस्य मोहनसिंह लिम्बु,हेम बहादुर लिम्बु लगायतको आतिथ्यतामा सेवाकेन्द्रमा कार्यरत कर्मचारीसम्झना गुरुङको सञ्चालन र सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु क्रमश अनुप रिजाल र सरस्वती कार्किकोे व्यवस्थापनमा इलाम न.पा. १२ रमितेडाडा साङ्गरुम्बामा कार्यक्रम सम्पन्न भएको हो । 


युवाको क्षमता, प्रतिभालाई हामी अभिभावकले नजरअन्दाज गरी साथ नदिएमा लागूपदार्थ दुव्र्यसन,तथा कुलत जस्ता गलत मार्गमामा लागेर भोलीको उज्यालो भविष्यलाई अन्धकार बनाउन तर्फ पे्ररित हुने गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो । अहिलेको समयमा अभिभावकले सहि मार्गदर्शन गराउने कार्यमा प्रदान गर्ने विभिन्न अनुशासन, शिक्षा तथा संस्कारहरु भित्र वित्तिय चेतनालाई पनि प्रमुख आवश्यक ठानी उक्त विषयको ज्ञानप्रति स्वयं पनि जानकार भई आफ्ना सन्तानलाई पनि यो ज्ञान दिएमा वित्तिय अपराध,वित्तिय अभाव जस्ता कुराहरुमा परिचित गराई वित्तिय अनुशासन समेतको विकाश गराउन सकेमा  युवाको आफ्नो व्यक्तित्व विकाश,सिर्जनात्मकतामा वृद्धि समेत हुने र एउटा सकारात्मक उच्च मनोबल र आत्मविश्वासका साथ  उनीहरु सहि मार्गमा हिड्न प्रेरित हुनसक्छन्, उक्त प्रेरणा लाई सार्थक तुल्याउने अभिप्रायले सहारा नेपाल साकोसले ल्याएको युवा सदस्यता  पहिलो खुड्किलोको रुपमा विकाश हुन सक्ने सम्भावनालाई नजिकबाट नियाल्न अनुरोध गरीएको थियो । 
कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख आदरणिय महेन्द्र कुमार गिरीज्यूको परिकल्पनामा संस्थाको आवश्यक दोश्रो पुस्ताको सदस्यको रुपमा “स्वच्छ वातावरण स्वस्थ शरीर:सक्रिय युवा परिवर्तनकारी मन्दिर”भन्ने सन्देशलाई जोड्दै निर्माण गर्न थालिएका युवा सदस्यता सम्बन्धिका निति,संस्थामा आबद्ध रहि कर्जा लिएर किस्ता तिर्ने क्रममा स्वयं सदस्य वा पतिको निधन भएमा सम्पूर्ण कर्जा मिनाहा गर्ने कार्यक्रम भएको समेत जानकारी गराउँनु भयो ।
कार्यक्रममा गत वर्ष निधन हुभएकी सदस्य स्व. योगमाया कार्कि र गतमा निधन हुनुभएका सोहि समूहकि सदस्य खिममाया लिम्बुको ससुराको दिवङ्गत आत्माको चिरशान्तिको कामनामा १ मिनेट मौनधारण समेत गर्दै स्व. योगमाया कार्किले संस्थाबाट लिएको कर्जा मिनाहा स्वरुप निजले लिएको कर्जा रकम रु ३०,००० र दशकर्म खर्च वापत रु ९००० गरी  कुल उन्चालिस हजार रुपैया  निज सदस्यका पति हेम बहादुर लिम्बु लाइ र ससुराको निधन भएकोमा समूहकि सदस्य खिममाया लिम्बुलाई दशकर्म खर्च वापत रु पाच हजार रुपैया संस्थाको नियमानुसार प्राप्त गर्ने कर्जा सुरक्षणकोष कार्यक्रम अन्तर्गतको रकमको चेक कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिका वडा नं. १२ का जनप्रतिनिधि वडा सदस्य नेत्र प्रसाद घिमिरे,तथा सभाध्यक्ष सहारा नेपाल साकोस सेवाकेन्द्र इलाम अन्तर्गत आबद्ध संस्थाका शेयर सदस्य निरानन्द चम्लागाईद्धारा हस्तान्तरण गरिको थियो ।
 हामी रहने पृथ्वी वचाउनका लागि हाल विश्वव्यापी रुपमा ५७ वटा देशका करिब १लाख भन्दा बडि युवा आबद्ध भई धमाधम गठन भईरहेकोे ३ शून्य क्लव तथा क्लवको अवधारणा ल्याउने सन् २००६ का नोबेल शान्ति पुरस्कार विजेता वंगलादेशका प्रोफेसर डाक्टर मोहम्मद युनुशको अवधारणाका बारेमा समेत संक्षिप्त जानकारी सेवा केन्द्र प्रमुख के.पी. लुईटेलले गराउनुभएको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment