इलामका विनोद राई बने भ्वाइस अफ नेपाल सिजन ५ को विजेता

शुक्रबार, पौस २७ २०८०


इलाम । इलाम फाकफोकथुम-५ का विनोद राई ‘द भ्वाइस अफ नेपाल’को पाँचौ सिजनका विजेता बनेका छन् । आज शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले नगद २० लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।
उनले टिम मिलनबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट मक्कर योन्जन फस्ट रनरअप घोषित भए । टिम उदयबाट कुमार प्रयास राई सेकेण्ड रनरअप घोषित भए । टिम प्रमोदबाट नोगेन हाङसरुम्बा लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।
ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ८ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment