करेन्ट लगाएर माछा मार्दा झापामा एक जनाको मृत्यु


२०८० फाल्गुन १५ गते , मंगलबार

झापाको बाह्रदशी गाउँपालिका-६ मिलन चौकमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो २ बजेको समयमा स्थानीय २८ वर्षीय बुद्धराज लिम्बूको आफ्नो घरबाट ५०० मिटरनजिकै रहेको खेतमा जमेको खाल्डोको पानीमा मेनलाईनबाट करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो ।

घाइते बनेका लिम्बूलाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment