नेपाल घुम्न आएका भारत सिक्किमका विकास काँकरभिट्टाबाट बेपत्ता

 १६ फाल्गुन २०८०, बुधबार 

मेचीनगर । नेपाल घुम्न आएका एक भारतीय नागरिक बेपत्ता भएका छन् ।
भारतको जालीपुल पोष्ट अफिस रानीपुल इष्ट सिक्किम गान्तोकका ४३ वर्षीय विकास गुरुङ नेपाल घुम्न आउनेक्रममा काँकरभिट्टाबाट बेपत्ता भएका हुन् ।
गहुगोरो वर्णका गुरुङले सेतो ज्याकेट र सेतै रंगको पाइन्ट लगाएको बताइएको छ । नेपाली र हिन्दी भाषा बोल्न सक्ने गुरुङ बेपत्ता भएसँगै खोजी गरिदिनुहुन उनका परिवारले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दिएको छ ।
फागुन १४ गते सिक्किमको गान्तोकबाट काँकरभिट्टा आउनेक्रममा काँकरभिट्टाबाट हराइरहेकाले खोजी गरिदिनुहुन सबैसँग उनको परिवारले आग्रह गरेको छ ।
अन्जादी पाँच फिट पाँच इञ्च उचाइ भएका गुरुङलाई कतै कसैले फेला पारेमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन परिवारले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment