धरानमा लागुऔषध गाँजासहित १४ जना पक्राउ

०८० माघ २९ गते , सोमबार

सुनसरीको धरान- १३ जिरोप्वाईन्टबाट ठुलो परिमाणमा लागु औषध गाँजासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट अमरहाट धरानबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको BR10P9154 र MP17TA0512  नम्बरको दुई वटा बोलेरो गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा दुई वटा गाडीबाट १४९ केजी गाँजा बरामद भएको थियो ।
गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न रहेका चालकहरू भारत बिहारका ३१ वर्षीय मनोरञ्जन मुइमार, ३९ वर्षीया गोपी मण्डल र गाडीमा सवार रहेका २३ वर्षीय सञ्जय कुमार मण्डल, ३५ वर्षीया रेखा देवी, ३५ वर्षीया रिङ्की देवी, ३५ वर्षीया दया मण्डल, ३७ वर्षीय राजेश मण्डल, ४० वर्षीया पुनम देवी र २४ वर्षीया गुडिया देवीलाई समेत पक्राउ गरेको हो ।
पक्राउ गरेसँगै उक्त घटनामा BR10AJ4486 नम्बरको कार चालक भारत बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अङ्कित कुमार यादव, राजा जयसवाल, शिवम् सिंह र सत्यम यादवको संलग्नता रहेको पाइएकोले उनीहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको लागु औषध गाँजा, सवारी साधन र पक्राउ परेका उनीहरूमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment