झापामा जुवा खेलिरहेका १२ जना नगदसहित पक्राउ

२०८० फाल्गुन १५ गते , मंगलबार


झापा । झापाको शिवसताक्षीमा जुवाजन्य खेलिरहेका १२ जना नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सोमबार मध्यराती करिब १२ बजेको समयमा शिवसताक्षी नगरपालिका- ११ स्थित नहरचौकका ४७ वर्षीय चेतन दुलालको घरमा छापा मारेको थियो ।
दुलालको घरमा कौडा खेलिरहेका घरधनी दुलालसहित शिवसताक्षी- ९ का ४७ वर्षीय पूर्णकुमार लिम्बु, सोही ठाउँका २६ वर्षीय मोहन दुलाल, ४५ वर्षीय लोकनाथ दुलाल, शिवसताक्षी- १० का ३६ वर्षीय रबिन राई, ३३ वर्षीय नवीन सेलिङ र ३१ वर्षीय बुद्वहाङ सिगु  पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।
त्यस्तै शिवसताक्षी- ७ का ४२ वर्षीय खडीबहादुर श्रेष्ठ, ३७ वर्षीय शिवोराज माबो, ५५ वर्षीय मोहनप्रसाद दुलाल, शिवसताक्षी- ४ का २२ वर्षीय राजेश कुमार ताजपुरिया पक्राउ परेको प्रहरी निरीक्षक गिरीले बताए । प्रहरीले जुवास्थलबाट नगद ६६ हजार ६५ रुपैयाँ, १६ थान कौडा,  कौडा खेलाउँदा प्रयोग भएको म्याट, काठको फ्रेम र ११ थान मोबाइल बरामद गरिएको प्रहरी निरीक्षक गिरीले बताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment