झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८० फाल्गुन १४ गते , सोमबार


  झापा । झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-८ निवासी अन्दाजी ४५ वर्षीय सागर मिश्र रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा कनकाई-८ खाडीबस्तीस्थित घैलाडुब्बाबाट लक्ष्मीपुर तर्फ जाँदै गरेको मे १ त ११५१ नम्बरको ट्याक्टरले विपरीत दिशा तर्फ जाँदै गरेको प्रदेश १-०१-०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मिश्रलाई बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएलगतै चिकित्सकले मृत घोषित गरेका थिए । यता इलाका प्रहरी कार्यालय घैलाडुब्बाले दुवै सवारीसाधनसहित ट्याक्टर चालक बिर्तामोड नगरपालिका- ४ निवासी ५७ वर्षीय कृष्णप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएको छ


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment