मेची पुलबाट ब्राउन सुगरसहित दुई जोडी पक्राउ

२०८० फाल्गुन १४ गते , सोमबार


झापामा लागूऔषध ब्राउन सुगरसहित दुई जोडी पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले मेची पुलमा पक्राउ परेका हुन् । आइतबार साँझ ७ बजेको समयमा मेचीनगर- ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक- २ सुनखरीका ३३ वर्षीय प्रवीण तामाङ र सोही ठाउँका ४५ वर्षीया कमला तामाङलाई नियन्त्रणमा लिएर चेकजाँच गरेका थिए । उनीहरूको शरीर तलासी लिँदा कपडामा लुकाइछिपाई ल्याउँदै गरेको ९ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
त्यस्तै आइतबार राती ८ः४५ बजेको समयमा मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङ मिक्लाजुङ- ९ का २८ वर्षीय डिकबहादुर कार्की र मोटरसाइकल पछाडि सवार मोरङ मधुमल्ला तोरीवारिकी २२ वर्षीया नाईरा भन्ने कोसिस तामाङलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०२–०४१ प-१०३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरू रोकेर प्रहरीले चेकजाँच गर्दा युवतीले लगाएको कपडाभित्रको भागमा लुकाई छिपाई ल्याएको ११ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । चारै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment