बिर्तामोडमा एक व्यक्ति सुतेकै ठाउँमा मृत फेला

२०८० फाल्गुन १३ गते , आईतबार


झापाको बिर्तामोडमा एक व्यक्ति सुतेकै ठाउँमा मृत फेला परेका छन् । आइतबार साँझ ५ बजेको समयमा अर्जुनधारा-५ बस्ने ४१ वर्षीय लवलाल राजवंशी मृत फेला परेका हुन् ।

बिर्तामोड-२ साङ्गवेद टोलमा आफ्नै काका मलिकलाल राजवंशीको घर निर्माणमा सहयोग गर्नको लागि आएकोमा खाना खाई दिउँसो १२ः३० बजेतिर सुतेकोमा लवलाल साँझ ५ बजेसम्म पनि नउठेपछि आफन्तले हेर्दा सुतिरहेको स्थानमा मृत अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनिको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment