इटहरीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

२०८० फाल्गुन १३ गते , आईतबार


सुनसरी । सुनसरीको छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उप-महानगरपालिका-१ स्थित भित्री सडक खण्डमा आइतबार बिहान प्रदेश १-०२-०५० प ०५६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको कल्भटबाट तल झरेर दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरीको गढी गाउँपालिका ६ का ४२ वर्षीय चित नारायण माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै आज दिउँसो इटहरी उप-महानगरपालिका- ५ स्थित पूर्व-पश्चिम लोकमार्गमा प्रदेश १-०२-०४६ प २८६२ नम्बरको स्कुटर र ना ६ ख ६५७५ नम्बरको ट्रकमा ठोक्किला दुर्घटना भएको छ ।

दुर्घटनामा परी घाइते भएका स्कुटर चालक इटहरी-५ का रबिन राईको धरान घोपामा उपचारको क्रममा क्रममा मृत्यु भएको छ । दुर्घटनामा संलग्न ट्रक र चालक झापा अर्जुनधारा नगरपालिका- ९ का ठाकुरलाल तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment