बिर्तामोड–भद्रपुर सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयद्वारा सडक अवरुद्ध

२०८० माघ २८ गते , आईतबार


झापा । कालोपत्रे सडक निर्माणको कार्य तत्काल सुचारु गर्नुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा सडक अवरुद्ध पारेका हुन् ।
त्यहाँका स्थानीयले आइतबार बिहान लेखनाथ चोक र उत्तरतर्फ खानेपानी कार्यालय छेउमा ढाट र अन्य सामग्री सडकमा राखेर अवरुद्ध गराएका छन् । मोटरसाइकल, साइकल र अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारीसाधनमाथि स्थानीयले रोक लगाएको छ ।  सडक अवरुद्धका कारण सवारी साधनहरू वैकल्पिक सडक प्रयोग गरिरहेको छ । 
धुलोका कारण सडकमा बसी नसक्नु भएपनि अब पानी हालेर धुलो बन्द गर्ने हैन कालो पत्रे सडक नै एक सूत्रीय माग रहेको उनीहरूले जनाएका छन् ।
हिउँदमा धुलो मारेर के गर्नु वर्षा याममा हिलाम्मे सडक हुन्छ भन्दै नेता र ठेकेदार प्रति आक्रोशित देखिएका थिए । बिर्तामोड ८ देउनियाँ पुलदेखि भैरव चोकसम्म चार लेनको सडकको ठेक्का लागेपनि अलपत्र पारेर काम नगरेको भन्दै उनीहरू विरोधमा उत्रिएका छन् । समस्या समाधानका लागि  नामावली समेत सङ्कलन सुरु गरेको देवेन्द्र थाम्सुहाङ्ले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment