ट्रकको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयले गरे ट्रकमा आगजनी

२०८० माघ २८ गते , आईतबार

विराटनगरमा आक्रोशित बनेका स्थानीयले मालवाहक ट्रकमा आगजनी गरेका छन् । बरगाछीमा ट्रकको ठक्करबाट स्कुटरमा एक जनाको मृत्यु पश्चात् आक्रोशित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका हुन् । दमकल पुगेर ट्रकमा लगाइएको आगो निभाएका थिए ।  आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ ।
अहिले घटनास्थलमा तनावग्रस्त बनेको छ । ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।विराटनगर महानगरपालिका–२ र ५ को सिमानामा आज बिहान ९४५ बजेतिर दुर्घटना भएको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सुनसरीको दुहवी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेनकुमार चौधरीको मृत्यु भएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment