विद्युतीय आरोले काटेर मृत्यु

 २८ माघ २०८०, आईतवार 



मलेखु (धादिङ), आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ ।
अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुख काट्दा चलाएको आरो उछिट्टिएर श्रेष्ठलाई लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार आराले पेट र छातीको बायाँ भागमा काटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment