इलाम–२ मा टिकट मैले नै पाउँछु र जीत पनि निष्चित छ : कांग्रेस नेता खड्का


फागुन, काठमाडौं । नेपाली कांग्रेसको इलाम जिल्ला सभापति डम्बर खड्काले १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनमा आफू उम्मेदवार बन्ने बताएका छन् ।
आफूलाई पार्टी सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको भन्दै उनले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘टिकट त मैले नै पाउँछु नि । महासमिति बैठकको बेला उपनिर्वाचनको तयारी गर्नुस् भन्नुभएको छ । मैले टिकट पाउने त निश्चित जस्तै हो नि ।’


आफू पार्टीको जिल्ला सभापति पनि भएकाले उम्मेदवारीमा आफ्नो हक रहेको खड्काले बताए । यसअघि ४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित हुँदा खड्का ११४ मतान्तरले पराजित भएका थिए ।
तर नेम्वाङको गत भदौमा निधन भएकाले त्यहाँ उपनिर्वाचन हुन लागेको छ । खड्काले उपनिर्वाचनमा टिकट पाए आफूले जित्ने बताए । ‘सुवास दाइ जस्तो व्यक्ति उठ्दा त मैले जितेकै मत ल्याएको हो । अहिले नजित्ने भन्ने हुँदै हुँदैन’, खड्काले भने ।
इलाम–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट खड्कासँगै जिल्ला नेताहरु भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाललगायत आकांक्षी छन् ।
अनलनइन खबरबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment