इलाममा तीन दिन सञ्चालित निःशुल्क आँखा शिविरमा ९८ जना मोतियाविन्दुका विमारीको शल्याक्रिया


इलाम, ११ चैत्रः इलाममा नेपाल नेत्र ज्याती संघ जिल्ला शाखाको आयोजनामा आँखा शिविरमा ९८ जना मोतिया विन्दुका विमारीको शल्याक्रिया गरिएको छ भने ७३० जनाको आँखा जाँच गरिएको छ ।   चैत्र १५, १६ र १७ गते इलाम नगरपालिका ७ स्थित जुविलेन्ट इलाइट एकेडेमीको भवनमा सञ्चालित शिविरमा विराटनगर आँखा अस्पताल रानीका विषेशज्ञ डाक्टरहरुको टोलीले मोतिया विन्दुको शल्याक्रिया सहिताको अन्य सेवा निःशुल्क प्रदान गरेको संघका उपाध्यक्ष विष्णु कार्कीले जानकारी गराए ।
नेपाल नेत्रज्यती संघले इलामको इलाम अस्पताल, देउमाईको मंगलबारे बजार सूर्योदयको फिक्कलमा आँखा उपचार केन्द्र सञ्चालन भई रहेका छन् । त्यस्तै सूर्योदय नगरपालिकामा आँखा अस्पताल सञ्चालन आइसकेको  अध्यक्ष इन्द्र फुएलले जानकारी गराए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment