मेची नदीमा मृत भेटिएका व्यक्ति भारतीय नागरिक



भद्रपुर । नेपाल-भारत भएर बग्ने मेची नदीमा मृत फेला परेका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । भद्रपुर नगरपालिका- ३ स्थित बैसाबारीमा मृत भेटिएका व्यक्ति देश भारत रावागञ्ज घर भई भारत झाला बस्ती बस्ने अन्दाजी ४० वर्षीय सुनिल सोरन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बैसाबारीको मेची नदीमा निर्माण गरिएको अस्थायी बासको पुल मुनि आइतबार दिउँसो करिब १ बजेको समयमा उनको शव फेला परेको थियो । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment