विद्यालयलाई अभिभावककाे सहयाेग,उत्कृष्ट बन्दै छ माेतिराम

गाेबिन्द पाैडेल 


रोङ । इलनमकै पुरानाे मानिएकाे माेतिराम माध्यमिक विद्यालयमा अभिभावककाे सहयाेग र शिक्षककाे मेहनतबाट उत्कृष्ट बन्दै गएकाे छ ।

राेङ ६ काे सलकपुरमा राणाकालिन समय बि स २००४ सालमा स्थापित बिद्यालयकाे सम्पुर्ण बार्षिक खर्च ब्यवस्थापनकाे जिम्बेवारी लज साेहि बिध्यालयका पुर्व बिद्यार्थी हाल अमेरिकामा प्राध्यापन गरिरहनु भएका डाक्टर कृष्ण थापाले लिनुभएकाे कारण बिद्यालय पुर्ण निशुल्क रहेकाे छ भने सलकपुर नै जन्मथलाे बनेर बिभिन्न क्षेत्रमा कार्यरत ब्याक्तित्वहरुवाट बिद्यालयमा अक्षय काेष समेत स्थापना गरिएकाे छ ।सलकपुरकै युवाहरु निराेज र सराेज दर्जालद्वरा अाफ्नाे अामा मन्जु दर्नालकाे स्मृतिमा अक्षय काेष स्थापना,सरवाेच्च अदालतका न्यायधिस समेत रहेका स्थानिय टक बहादुर माेक्तानबाट अक्षयकाेष स्थापना,डा भास्कर घिमिरेवाट अार्थिक सहयाेग जुटिरहदा बिद्यालय सचालनमा सहज रहेकाे बिद्यालयका प्रधानाध्यापक कुमार मगरले बताए ।दाताहरुबाट बिद्यालय सचालनमा सहयाेग जुटिररहदा राेङ गाउपालिका भित्रकाे उत्कृषट बिद्यालय समेत बन्दैछ माेतिराम । गत बर्ष एस ई ई परिक्षामा राेङ प्रथम बनेकाे माेतिराम यस बर्ष कक्षा ८ काे पालिका प्रथम बनेकाे छ । बिद्यालयमा बिगत बर्षदेखि बार्षिक प्रसासनिक खर्च ब्यहाेर्दै आउनु भएका डा.कृष्ण थापा मगरद्वारा स्थापना गरिएको "स्व.भक्त बहादुर मगर स्मृति " कल्याण कोष अन्तर्गत वार्षिक रुपमा विद्यालयलाई प्रदान गरिने रु एक लाख रकम बराबरको चेक विद्यालयलाई हस्तान्तरण कार्यक्रम गत चैत्र २६ गते समेत सम्पन्न भयो , डा.कृष्ण थापा का दाजु, कुशल थापा थापाद्वरा गरिएकाे छ ।बिद्यालयले समस्त थापा परिवारजनमा विद्यालयको तर्फबाट हार्दिक आभार प्रकट गरेकाे प्रधानाध्यापक मगरले बताए ।

हाल सामुदायिक बिद्यालयकाे गुणस्तर सुधारमा सरकारले लगानि गरिरहदा अभिभावकहरुकाे जागरुकताले कतिपय राेङका बिद्यालयहरुमा सुधारकाे सकेत देखिरहदा आसपासका अन्य बिद्यालयका पुर्व बिद्यार्थीहरु अभिभावकहरुवाट सिकाे गर्न लायक ठानिएकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment