" किसानलाई प्रबिधिसग जाेड्दै राेङ

  • गाेबिन्द पाैडेल 

राेङ ९ बैशाख: " कृषि उत्पादन र उत्पादकत्व बढाउन राेङ गाउपालिकाले  किसानलाई प्रबिधि संग जोडिने भएकाे छ । 
सयुक्त राष्ट्र खाध्य तथा कृषि सगठा" FAO " को सहयोग र कृषि मन्त्रालयको समन्वयमा रोङगाउपालिकालाई Digital Village  बनाउने कार्य प्रारम्भ भएको छ ।  यस कार्यक्रम थालनिकाे तेस्रो चरणको छलफलमाअाज सहभागी   डा संजिब पण्डित , नबिन कुमार गुप्ता ( FAO) किरण तिम्सिना र राेङ पालिका बिच अाज छलफल गरिएकाे हाे ।
 गत साउन महिना देखि लगातारको पुर्ब तयारी पश्चात काम सुरु भएको थियाे। देश भरिको तिन वटा पालिका भित्र पनि रोङगाउपालिका एक नम्बरमा कृषि मन्त्रालय छनाैट गरिएकाे हाे । 
नेपालको राेङ गाउपालिका सहित तिन वटा पालिका Digital Village बन्ने छ।जसमा कालिन्चोक गाउपालिका दाेलखा छिनमस्त गाउपालिका सप्तरी र  रोङगाउपालिका ईलाम रहेकाे छ।
Digital Village को कार्यक्रमले कृषि बिकास तथा किसानलाई अत्यन्तै टेवा पुग्नेछ जसको कारण गाउपालिकाको लक्ष्य अनुरुप कार्य गर्न सहज हुने गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वाेले बताए । 
यो कार्यक्रम अन्तरगत रोङ भित्र कम्तिमा २० वटा Digital Enable कोठा तयार गरिनेछ।हाललाई एउटा गाउपालिका कृषि वा पशु शाखा अन्तरगत तत्काल स्थापन गरि संचालन  सुरु गरिनेछ। उक्त कोठामा स्मार्ट बोर्ड , वेबक्यामेरा र ईन्टरनेटको सहायताले कृषि बिज्ञ संग कोठामा उपस्थित किसान संग दोहोरो कुराकानि मार्फत समस्या समाधान गरिनेछ।
यसमा आबद्ध किसानलाई मौसम पुर्बअनुमानको sms प्रणालीको ब्यवस्थापन गरिनेछ। माटो परिक्षणलाई प्रबिधिमा जोडिनेछ। कम्तिमा यस बर्ष ५००-१००० स्थानको माटो परिक्षण रिपोर्ट NARC (नेपाल कृषि अनुशन्धान परिषद ) मार्फत  Satellite ( सेटालाइट ) मा लिङ्ग गरिने र किसान ( प्रयोग कर्ता ) ले मोबाईल बाटै आफ्नो जमिनको रिपोर्ट हेर्न सक्नेछन। थप यथार्थ रिपोर्टको लागि एउटा अत्याधुनिक मेशिन राखिनेछ जसलाई १० सेकेन्ड जमिनमा गाडदा सबै रिपोर्ट आउनेछ। किसानलाई सबै जानकारी लिन र गराउन सक्ने सफ्टवेयर उपलब्ध गराईने जसको कारणले रोग लागेको बालिको फोटो स्क्यान गर्दा रोगको प्रकार र समाधान , औषधि समेत सिफारिस गर्ने छ।औषधिको हकमा जैबिकलाई पहिलो प्राथमिकता दिईनेछ।आफ्नो खेति गर्ने जमिनमा के हुन्छ वा हुदैन सो समेत जमिनको लोकेशन स्क्यान गर्दा सुझाब आफ्नै मोबाईल बाट लिन सकिने ,बिज्ञ लाई किसान संग जोडदै तालिम संचालन गरिनेछ साथै सोहि प्रबिधिबाट परिक्षा पास गरेमा गाउपालिकाको ढाचामा प्रमाण पत्र प्रधान गरिने छ। बजार मुल्य को जानकारी मोबाईलबाट लिन सकिने
कृषि सम्बन्धि बिभिन्न सफ्टवेयर हरु बजारमा प्रसस्त छन, त्यसलाई एउटैले काम गर्ने सफ्टवेयर को प्रयोग गराईनेछ। 
उल्लेखित काम गर्नको लागि एउटा अत्याधुनिक मेशिन दायाबाया एक एक  कि मि र हरेक १६५ मि उच्चाईलाई मध्यनजर गरि  राखिने तत्काललाई एउटा पहरिगाउ रोङ ४ र रोङ ६ को रम्भ्याङ्गमा राखिने भएकाे छ उक्त मेशिन मा बिभिन्न सेन्सर प्रयोग गरि  Satellite (सेटालाइट)  को माध्यम बाट किसानले खोजेको विवरण उपलब्ध गराउन भुमिका खेल्नेछ।उक्त मेशिनलाई 2G इन्टरनेट र बिधुत्त अावश्यक हुनेछ।
यो कार्यक्रमलाई सफल बनाउन को लागि राेङ पालिकाले प्रबिधि साक्षरता ( Digital literacy )  लाई बढि जोड  ,सुरुमा गुरुकिसान लाई दिने भएकाे छ। यसको लागि प्रबिधि मैत्री जनशक्तिलाई स्वयंसेवकको रुपमा परिचालन गरिने ,गुरुकिसानलाई यो प्रबिधिमा जोडि सेवा प्रबाह गरिने बाकि क्रमश गरिने याेजना राेङ गाउपालिकाकाे रहेकाे छ। साथै Digital Enable कोठाको फर्निचर , बिधुत्त र ईन्टरनेट गाउपालिकाले तयार गर्ने कार्यक्रम लाई सफल पार्दै किसानको जिवन स्थर उकास्नको लागि अन्य आवश्यक सबै काम गाउपालिकाले गर्ने स्याङ्वाेले बताए ।
वर्तमान समयमा किसानहरु चाैतर्फी निरास बनिरहेकाे बेला गाउपालिकाकाे प्रबिधि मैत्रि कार्यक्रमले सापेक्ष उत्पादन र बृद्धि र बजारिकरण गरि कृषिमा स्वराेजगार र राेजगारीकाे बिकासगरि जिवनस्तर सुधार्न सहयाेगि बन्न सक्ने अाम किसानहरुकाे अपेक्षा रहेकाे राेङ ६ का अगुवा किसान ईन्द्र प्रधानले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment