बिर्तामोडको सैनिक मोडमा कालोपत्रे गरेको सात दिन नबित्दै भत्कियो

२०८१ बैशाख ९ गते , आईतबार


बिर्तामोड । सैनिक मोड– सैनिक बजार सडकमा कालोपत्रे गरेको सात दिन नबित्दै भत्किएको छ । ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएको भन्दै उपभोक्ताहरू आक्रोशित भएका छन् ।
सैनिक मोडदेखि केही दक्षिणपट्टि ढुङ्गाना हार्डवेयर अगाडि कालोपत्रे सडक भत्किएको हो । जुन एक साताअगाडि निर्माण गरिएको थियो । ठेकेदारले गुणस्तरहीन सडक बनाइदिएकाले एक सातामै भत्किएको सतानु– सैनिक मोड टोल विकास संस्थाका अध्यक्ष चिरञ्जीवी ओलीले बताए । उनले त्यसबारे सडक डिभिजन कार्यालय दमकमा जानकारी गराइसकेको बताए ।
सो सडक खनाल शान्ति जेभीले निर्माण गरेको हो । सैनिक मोडदेखि ४ किलोमिटर दक्षिण सैनिक बजारसम्म ५ करोड २४ लाख ४१ हजार ३९५ रुपैयाँमा ठेक्का पाएको थियो । उपभोक्ताहरूको चर्को दबाबपछि सो सडक ठेकेदारले निर्माण गरेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment