झापामा चट्याङ लागेर एक जनाको मृत्यु

२०८१ असार ११ गते , मंगलबार


झापामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान ७ बजेको समयमा आफ्नै घरबाट खेततर्फ जाने क्रममा उनीमाथि चट्याङ परेको थियो ।  चट्याङ लागेर घाइते भएका खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment