इलाम सूर्योदयका कर्म शेर्पा बिर्तामोडको होटेलमा मृत भेटिए

२०८१ असार २ गते , आईतबार


झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथीभरा होटेल एन्ड लजमा एक व्यक्ति मृत फेला परेका छन् । इलाम सूर्योदय नगरपालिका वडा नं ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटेलभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन् । मलेसियाबाट फर्केर उनी जेठ २८ गतेदेखि सो होटेलमा बसेका थिए ।
होटेलको बन्द कोठाभित्रबाट दुर्गन्ध आएपछि हिजो बेलुका ढोका फोडेर हेर्दा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । शेर्पाले केही दिन अगाडि नै झुन्डिएको हुनसक्ने आशङ्का गरिएको छ । मृतकका आफन्त बोलाई शवको सर्जमिन गरी पोस्टमार्टम पठाउने तयारी गरिएको डीएसपी विष्टले जानकारी दिए । मृतक शेर्पाका श्रीमती र नाबालक सन्तान रहेको बताइएको छ ।a
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment