भद्रपुरबाट धुलाबारी जाँदै गरेको मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई जना घाइते

२०८१ असार ८ गते , शनिबार


झापाको मेचीनगरमा मोटरसाइकलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् । 
मेचीनगर नगरपालिका वडा नम्बर–१५ लालझोडास्थित भित्री सडक खण्डमा शनिबार बिहान अन्दाजी ३ः३० बजेको समयमा भद्रपुरबाट धुलाबारीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मोटरसाइकलमा तीन जना सवार रहेका थिए । दुर्घटनामा परी मेचीनगर नगरपालिका–१० निवासी अन्दाजी २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै मेचीनगर–१० निवासी अन्दाजी २१ वर्षीय अभिषेक राई र सोही ठाउँका अन्दाजी २१ वर्षीय विवेक दनुवार गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment