ट्राफिक सप्‍ताह इलाममा पनि शुरु


इलाम : अनुशासन  तथा सवारी दुर्घटना न्यूनीकरणको लागी प्रदेश स्तरीय ट्राफिक सप्‍ताह २०८१ को शुभारम्भ इलाममा पनि भएको छ ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश विराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणको लागि प्रदेश स्तरीय ट्राफिक सप्‍ताह एकैसाथ सबै जिल्लामा शुभारम्भ भएको हो ।
इलाम सदरमुकाममा ट्राफिक सप्‍ताहको  सुभारम्भ गर्दै प्रभातफेरी निकालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका ट्राफिक प्रमुख डम्बर दियालीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालको अध्यक्षतामा इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा, उपप्रमुख  बिष्णुकुमारी लिम्बु दाहाल, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, जनप्रतिनिधिहरूलगायतको उपस्थितिमा र्‍यालीसहित इलाम नगरपालिका-७ चोकबजारबाट सिटिहलमा पुगी ट्राफिक सप्ताह सुभारम्भ गरिएको थियो  ।
 तीव्र गति जीवन क्षति, ट्राफिक नियम जानौँ पनि मानौँ पनि,  आफ्नो लेन चिनौँ, सहि लेनमा हिँडौँ, सिट क्षमताभन्दा बढी यात्रा नगरौँ भन्ने मुल नाराका साथ  एकै साथ जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूले समेत विशेष कार्यक्रमहरूको आयोजना गरी कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा ट्राफिक सप्‍ताहको शुभारम्भ गरिएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment