रतुवा खोलाले बगाउँदा एक ब्यक्तिको मृत्यु

 ७ असार २०८१, बिहीबार

 
झापा । झापाको दमकस्थित रतुवा खोलामा एक पुरुषको शव भेटिएको छ ।
बिहीबार बिहान करिब ८ बजेको समयमा दमक नगरपालिका–७ स्थित रतुवा पुल छेउमा शवमा फेला परेको हो ।
मृत्यु हुनेमा दमक नगरपालिका–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम बिक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खोलाले बगाएर ल्याएको उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment